Premier Cables

कोशी प्रदेश

पक्राउ परेका युट्युबर छाडिए

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | साँझ ५:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । युट्युबर रोशन पोखरेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायत नेतामाथि अपशब्द प्रयोग गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार (चैत २९) मुक्त गरिएको हो।

पोखरेललाई चैत २६ गते पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका लागि प्रहरीले पाँचथर जिल्ला अदालतबाट १० दिनको म्याद समेत लिएको थियो। तर, व्यापक आलोचना भएपछि प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको हो।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, पोखरेललाई आवश्यक परेका बेला उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएर छाडिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka