Premier Cables
Premier Steel

राजनीति समाचार

‘कुलिङ अफ पिरियड’ प्रावधानमा जालझेलको शंका, छानबिन समिति गठनको माग

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १८, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्क्रिय बनाउन पर्दापछाडिबाट चलखेल भएको शंका उठ्दै आएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रमुख सचिव एकनारायण अर्यालसहित अन्य सचिवहरू विधेयकमा जालझेल गर्न संलग्न हुन सक्ने आशंका व्यक्त गरे।

बिज्ञापन

सांसद पाण्डेले भने, “मुख्यसचिव र सचिवहरूले पर्दा पछाडिबाट ‘कुलिङ अफ पिरियड’ हटाउन रणनीति बनाएको चर्चा छ। प्रधानमन्त्रीलाई राजीनामाको धम्की दिएर दबाब सिर्जना गरिएको भन्ने समेत सार्वजनिक भइसकेको छ।”

उनले विधेयकमा जालझेल भएको आशंकाको निष्पक्ष छानबिन गर्न समितिको गठन आवश्यक रहेको धारणा राखे। “यदि अब माथिबाट केही हुन सकेन भने तलबाट प्वाल पारिदिनुपर्ने रणनीति बनाइयो भन्ने शंका लागिरहेको छ,” पाण्डेले भने, “यस्ता कार्यहरू रोक्न भविष्यमा पनि छानबिन अपरिहार्य छ।”

सांसद पाण्डेले विधेयक निर्माणको प्रक्रियामा उच्च प्रशासनिक तहबाट भएको सम्भावित हस्तक्षेप लोकतान्त्रिक विधिको उल्लंघन भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka