Premier Cables
Premier Steel

कोशी प्रदेश

माओवादी सांसदको असारे गीत : “हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो !”

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | राती ९:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशसभाको सोमबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले किसानको समस्या उजागर गर्न असारे गीतमार्फत सरकारमाथि कटाक्ष गरे। उनले मध्यम असारसम्म पनि किसान मल र बीउ नपाएर हैरान भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सदनमा बोल्दै शेर्पाले भने, “खेतबारीमा हुनुपर्ने किसानहरू मल गोदाम र कृषि कार्यालयको अगाडि घण्टौं लाइन बसिरहेका छन्, रैपनि मल नपाएर हैरान छन्।” उनले सरकारको ढिलासुस्ती र असक्षमता कहिलेसम्म सहने भन्दै प्रश्न उठाए।

बिज्ञापन

सांसद शेर्पाले किसानहरूलाई “पालनकर्ता, परिश्रमी र मेहनती” भन्दै सम्मान गर्दै उनीहरूको दुःखका कथा साझा गरे। उनले राज्यको गैरजिम्मेवारपनले गर्दा किसान निराश भएको बताए।

गीतमै आलोचना
किसानको पीडामा सरकारको बेवास्ता देखेर आफूलाई गीत गाउन मन लागेको भन्दै शेर्पाले सदनमै भनाइलाई गीतमा ढाले।
उनले गाए -“हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो !”

यो पहिलोपटक भने थिएन कि शेर्पाले सदनमा गीतमार्फत सरकारलाई आलोचना गरेका हुन्। यसअघि पनि उनले प्रदेश सरकारद्वारा एक पोखरीमा पटक–पटक करोडौं बजेट छुट्याइएको विषयमा व्यङ्ग्यात्मक गीत गाएरै ध्यानाकर्षण गराएका थिए।

शेर्पाले कोसी सरकारसँग स्पष्ट माग गरे – किसानको पीडालाई बुझ्ने, मल बीउको अभाव तत्काल समाधान गर्ने र कृषि प्रणालीमा प्रभावकारी नीतिगत सुधार ल्याउने। उनले भने, “यो समस्या वर्षैपिच्छे दोहोरिन्छ, अब त समाधान चाहिन्छ, संगीतिक स्वरमा नभई सरकारी कदममा देखिनुपर्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka