Premier Cables
Premier Steel

खेलकुद

एसीसी यू-१६ इस्ट जोन अन्तर्गत नेपालको लगातार तेस्रो जित

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar आइतबार, असार १५, २०८२  | अपराह्न १:५३ बजे

काठमाडौं। एसीसी यू-१६ इस्ट जोन अन्तर्गत नेपालले लगातार तेस्रो जित आफ्नो नाममा पारेको छ।

आजको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्‍यो। इन्डोनेशियाले ४२१ रनको लक्ष्य पछ्याएको थियो, तर नेपालले उनीहरूलाई २४ ओभर ३ बलमै ५० रनमा समेट्दै शानदार जित निकाल्यो।

बिज्ञापन

नेपालका लागि विपिन शर्मा खेलका नायक बने। उनले एक्लैले ६ विकेट लिए र केवल १२ रन खर्च गर्दै ७.३ ओभर बलिङ गरे।

पहिले ब्याटिङ गर्दै, नेपालका प्रमुख ब्याट्सम्यान प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेले। यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए।

यो जितसँगै नेपालले आफ्नो असाधारण प्रदर्शनलाई जारी राख्दै एसीसी यू-१६ इस्ट जोनमा विजयको झण्डा फहराएको छ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka