Premier Cables

खेलकुद

एसीसी यू-१६ इस्ट जोन अन्तर्गत नेपालको लगातार तेस्रो जित

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न १:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। एसीसी यू-१६ इस्ट जोन अन्तर्गत नेपालले लगातार तेस्रो जित आफ्नो नाममा पारेको छ।

आजको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्‍यो। इन्डोनेशियाले ४२१ रनको लक्ष्य पछ्याएको थियो, तर नेपालले उनीहरूलाई २४ ओभर ३ बलमै ५० रनमा समेट्दै शानदार जित निकाल्यो।

विज्ञापन

नेपालका लागि विपिन शर्मा खेलका नायक बने। उनले एक्लैले ६ विकेट लिए र केवल १२ रन खर्च गर्दै ७.३ ओभर बलिङ गरे।

पहिले ब्याटिङ गर्दै, नेपालका प्रमुख ब्याट्सम्यान प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेले। यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए।

यो जितसँगै नेपालले आफ्नो असाधारण प्रदर्शनलाई जारी राख्दै एसीसी यू-१६ इस्ट जोनमा विजयको झण्डा फहराएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka