Premier Cables
Premier Steel

अर्थ

चाँदीको मूल्यमा एकाएक गिरावट, के भन्छन् विश्लेषक ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १७, २०८२  | बिहान ८:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगग । चाँदीको अन्तर्राष्ट्रिय बजार मूल्यमा एकैदिन ठूलो गिरावट (फ्लास क्रयास) रेकर्ड गरिएको छ ।

केही विश्लेषकले यसलाई वहुमूल्कीय धातुको इतिहासमै सबैभन्दा ठूलो दैनिक गिरावट मध्येको एक भनेका छन्। गिरावटका पछाडि मुख्यतः तीन प्रमुख कारणहरू रहेको वित्तीय विशेषज्ञहरूले जनाएका छन्।

बिज्ञापन

१. बलियो अमेरिकी डलर र मौद्रिक नीतिको अनिश्चितता
अमेरिकाले नयाँ फेडरल रिजर्भ (एइडी) अध्यक्षको नाम घोषणा गर्ने सम्भावनाका कारण अमेरिकी डलर मजबुत भएको छ । जसले चाँदी जस्ता धातुहरूमा दवाब उत्पन्न गरेको छ। डलरको मूल्य बढ्दा धातु खरीद गर्न अन्य मुद्रामा लगानीकर्ता थप खर्चिलो महसुस गर्छन्, जसले चाँदीको माग घटाउँछ।

२. मुनाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ)
चाँदीको मूल्यले पहिले नै धेरै उच्च स्तरमा वृद्धि गरेको थियो, जसपछि लगानीकर्ताहरूले आफ्नो नाफा सुरक्षित गर्न धातु बेच्न थालेका छन्। यस मुनाफा बुकिङ ले बजारमा बिक्रीको दवाब बढाएको छ र मूल्य झार्न मद्दत गरेको छ।

३. बजार ओभरहिट स्थिति र प्राविधिक कारकहरू
चाँदीको मूल्य धेरै छिटो र धेरै माथि पुगेपछि धेरै प्राविधिक संकेतहरूले बजार ओभरबट अर्थात् अधिक खरिद भएको स्थिति देखाए। यस्तो स्थितिमा सामान्यतः बजारमा सुधार (करेक्सन) आउँछ, जसले अचानक मूल्यमा ठूलो गिरावट ल्याउन सक्छ।

वित्तीय विश्लेषकहरूको भनाइ अनुसार, हालको गिरावटले बजारमा अस्थिरता ल्याएको छ, र छोटो अवधिमा अझै उतार–चढाव रहने संकेत छ। तर केही विशेषज्ञहरूले लामो अवधिको आधारभूत माग अझै बलियो रहन सक्ने र मूल्य केही समयपछि सन्तुलनमा फर्किन सक्ने विश्लेषण गरेका छन्।

चाँदीको मूल्य यो वर्ष विश्वव्यापी आर्थिक असमर्थता र उच्च मागका कारण अभूतपूर्व उच्च स्तरसम्म पुगेको थियो । तर पछिल्लो गिरावटले बजारलाई फेरि तल झार्ने स्थिति आएको छ । सुन जस्तै अन्य वहुमूल्य धातुहरूमा पनि समान प्रकारको गिरावट देखिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka