Premier Cables
Premier Steel

शिक्षा

टियूकाे बीआइटी र सीएसआईटी कार्यक्रममा समन्वयकर्ता अनिवार्य

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ८:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IOST) अन्तर्गत सञ्चालित B.Sc. CSIT र BIT कार्यक्रमहरुमा अबदेखि अनिवार्य रूपमा कार्यक्रम समन्वयकर्ता नियुक्त गर्नुपर्ने भएको छ।

संस्थानका डिन प्रा.डा. शंकरप्रसाद खनालद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, त्रिभुवन विश्वविद्यालयबाट आ.व. २०८१/८२ का लागि स्वीकृति प्राप्त गरेका सम्बन्धित क्याम्पसहरूले बीएससी सीएसआईटी कार्यक्रमका लागि कम्तीमा एक जना पूर्णकालिक कोअर्डिनेटर अनिवार्य रूपमा नियुक्त गर्नुपर्नेछ। त्यस्तै, BIT कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरूले MIT वा MSc. CSIT वा सो सरहको उपाधि प्राप्त एक जना पूर्णकालिक कोअर्डिनेटर राख्नुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

यस निर्णयले गुणस्तरीय शैक्षिक वातावरण तथा प्रशासनिक सहजीकरण गर्ने विश्वास गरिएको छ। डीनको कार्यालयले स्पष्ट रूपमा सूचित गरेअनुसार, समन्वयकर्ता नियुक्त नभएसम्म उक्त कार्यक्रमहरूको विद्यार्थी भर्ना तथा सम्वन्धन नवीकरण लगायतका कार्यहरू नहुनेछ। साथै, सम्बन्धित क्याम्पसहरूलाई तोकिएको मापदण्ड अनुरूप समन्वयकर्ता नियुक्ति र स्पष्ट जानकारीसहित लिखित रूपमा डीनको कार्यालयमा जानकारी पठाउन निर्देशन दिइएको छ।

डीन खनालले हस्ताक्षरित सूचनामा भनिएको छ, “कार्यक्रम सञ्चालन गर्ने सम्बन्धित संस्थानहरूले यो निर्देशनको पूर्ण पालना गरी शैक्षिक र प्रशासनिक संरचनालाई प्रभावकारी बनाउन सहयोग गर्नुहोस्।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka