Premier Cables
Premier Steel

राष्ट्रिय

पतञ्जली जग्गा काण्डमा मुछिएका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुँदै

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पतञ्जली जग्गा काण्डमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुँदै छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगसहित दायर गरेको मुद्दामा बयानका लागि नेपाल अदालतमा हाजिर हुन लागेका हुन्।

अख्तियारले पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई गैरकानुनी रूपमा काभ्रेको साँगा, नासिकास्थान र अन्य क्षेत्रमा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा दिन सिफारिस गरेको आरोपमा नेपाललाई एक मुद्दामा प्रतिवादी बनाएको छ। आयोगका अनुसार सो जग्गा व्यापारिक प्रयोजनका लागि बिक्री गरिएकाले यो निर्णय प्रशासनिक चरित्रको मानिएको हो, नीतिगत नभएको ठहर गर्दै नेपालसमेत जिम्मेवार ठहर गरिएको हो।

आयोगको अनुसन्धानमा पतञ्जलीसँग सम्बन्धित व्यक्तिहरू, सरकारी कर्मचारी र केही व्यवसायीको मिलेमतोमा ३५३ रोपनीभन्दा बढी जग्गा अपचलन भएको पाइएको छ। अख्तियारले यस प्रकरणमा विस्तृत छानबिन गर्दै पूर्वप्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka