Premier Cables
Premier Steel

विराटनगर शिक्षा

पोखरिया स्कुलले विद्यार्थीलाई बाँड्यो साढे ७ लाख, जागिर सकिएका शिक्षकलाई सम्मान

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, असार १०, २०८२  | राती ९:०९ बजे

विराटनगर । विराटनगरको पोखरिया माविले ७ लाख ६४ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ ।

कार्यक्रम गरी सेवा निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारावीर श्रेष्ठ र राधिका शर्मालाई पनि सम्मान गरेकाे छ । सबैलाई दोसल्ला ओढाएर मायाको चिनो दिइयो । पठन पाठनमा गरेकाे योगदानप्रति विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले उनीहरुलाइ धन्यवाद दिए ।

बिज्ञापन

शिक्षक तारादेव दाहालले ३० वर्षसम्म हजारौँ विद्यार्थीलाई पढाउन पाएकोमा सन्तोष भएकाे बताए । कार्यक्रममा विभिन्न कक्षाका ३१ जना विद्यार्थीलाई दुई दुई हजारका दरले पैसा वितरण गरियो । कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पाए । ३० जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप रकम वितरण गर्दा १ लाख ७४ हजार रुपैयाँको खर्च भएकाे प्रअ भट्टराईले बताए ।

कक्षा ११ का विज्ञानका २० जना र व्यवस्थापनका ५ जना गरी थप २५ जनालाई ५ लाख ७६ हजार रुपैयाँ वितरण गरिएको प्रअ भट्टराइले सुनाए । विद्यालयको गायत्री भवानी भट्टराई स्मृति कोष र लक्ष्मी स्मृति कोषमार्फत ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई रकम प्रदान गरियाे । विशेष प्रतिभा भएका २ विद्यार्थीलाई पनि दुई दुई हजार दिइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले पोखरिया मावि हरेक क्षेत्रमा अग्रणी रहेको दाबी गरे । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले पोखरिया स्कुलको पढाई राम्रो भएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka