Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारको ओरालो यात्रा कायमै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ २६, २०८२  | अपराह्न ३:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९६ प्रतिशत अर्थात २६.०५ अंकले घटेर २ हजार ६७२.३९ विन्दुमा सीमित बनेको छ ।

 

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४५५.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने ११ अर्ब ६५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘केही साताअघि चुनाव हुने निश्चित भएपछि बजार केही अंक बढेको थियो । बजारलाई राजनीतिक विषयले प्रत्यक्ष प्रभाव पार्ने भएकाले अस्थिर राजनीतिकसँगै विभिन्न दलहरुको अराजक भनाईले पनि सेयरबजारलाई प्रभाव पारेको बुझ्न सकिन्छ । समग्र सिनारियो हेर्दा अब बजार बढ्नुपर्ने जस्तो देखिएपनि लगानीकर्तामा अझै मनोबल उच्च हुन सकिरहेको छैन ।’

 

उनले थपे, ‘ठूला व्यापारी, उद्योगी र लगानीकर्ताहरुमा अन्यौलता कायम हुनुका साथै ससंकित समेत छन् । अहिले बजारमा धेरै ट्रेडरहरु हाबी भएका कारण दुई दिन बजार बढ्ने बित्तिकै थोरै नाफा बुक गरेर सेयर बेचिहाल्ने प्रवृत्तिले पनि बजार दिगो हुन सकिरहेको छैन ।

 

नत्र अहिलेको देशको आर्थिक अवस्था र समग्र वित्तीय सूचकहरु हेर्ने हो भने बजार ३२ सयको विन्दुमा पुग्नुपर्ने हो, तर दीर्घकालिन लगानीकर्ताहरुको मनोबल उच्च नहुँदा बजार माथि उक्लिन सकिरहेको छैन ।’

 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज बढ्ने एउटा मात्रै समूहको रुपमा व्यापार समूह रह्यो । यो समूह आज ०.२२ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.२९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७७ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.२९, हाईड्रो ०.५४, लगानी ०.९१,  जीवन बीमा १, उत्पादन तथा प्रशोधन १.२३, लघुवित्त ०.६१, म्युचअल फण्ड ०.४७, निर्जीवन बीमा १.४१ र अन्य समूह १.९६ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka