Premier Cables

शेयर बजार

कुन बैंकको नाफा वितरण क्षमता कति ? आर्जनमा नबिल अब्बल

Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:५१ बजे

काठमाडौँ । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरण हेर्दा गत आवको तुलनामा बैङ्कहरूको औसत वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । अधिकांश बैङ्कको नाफा र वितरणयोग्य नाफाको प्रतिशत पनि बढेको छ ।

बिज्ञापन

गत आवमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न नबिल बैङ्क सफल भएको छ । सबैभन्दा बढी वितरणयोग्य नाफा ग्लोबल आइएमई बैङ्कले आर्जन गरेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार; गत आवमा नबिल बैङ्कले सबैभन्दा धेरै सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन नाफा सो बैङ्कको अघिल्लो आव ०८० को तुलनामा झण्डै एक अर्ब रुपैयाँले धेरै हो । अर्थात्; नबिलले अघिल्लो आवमा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफामा दोस्रो प्रतिस्पर्धी एनआईएमबी बैङ्क देखिएको छ भने सबैभन्दा कमजोर एनआईसी एसिया बैङ्क देखिएको छ । गत आवमा एनआईसी एसिया बैङ्कले १० करोड १५ लाख ७३ हजार रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, गत आवमा खुद नाफा आर्जनमा ग्लोबल आइएमई बैङ्क अगाडि छ । उक्त अवधिमा ग्लोबल आइएमई बैङ्कले पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

वितरणयोग्य नाफा आर्जनमा दोस्रो प्रतिस्पर्धीको रूपमा एभरेरष्ट बैङ्क रहेको छ भने सबैभन्दा कमजोर हिमालयन बैङ्क देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Web Surfer
Vianet
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka