Premier Cables

शेयर बजार

कुन बैंकको नाफा वितरण क्षमता कति ? आर्जनमा नबिल अब्बल

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरण हेर्दा गत आवको तुलनामा बैङ्कहरूको औसत वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । अधिकांश बैङ्कको नाफा र वितरणयोग्य नाफाको प्रतिशत पनि बढेको छ ।

विज्ञापन

गत आवमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न नबिल बैङ्क सफल भएको छ । सबैभन्दा बढी वितरणयोग्य नाफा ग्लोबल आइएमई बैङ्कले आर्जन गरेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार; गत आवमा नबिल बैङ्कले सबैभन्दा धेरै सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन नाफा सो बैङ्कको अघिल्लो आव ०८० को तुलनामा झण्डै एक अर्ब रुपैयाँले धेरै हो । अर्थात्; नबिलले अघिल्लो आवमा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफामा दोस्रो प्रतिस्पर्धी एनआईएमबी बैङ्क देखिएको छ भने सबैभन्दा कमजोर एनआईसी एसिया बैङ्क देखिएको छ । गत आवमा एनआईसी एसिया बैङ्कले १० करोड १५ लाख ७३ हजार रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, गत आवमा खुद नाफा आर्जनमा ग्लोबल आइएमई बैङ्क अगाडि छ । उक्त अवधिमा ग्लोबल आइएमई बैङ्कले पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

वितरणयोग्य नाफा आर्जनमा दोस्रो प्रतिस्पर्धीको रूपमा एभरेरष्ट बैङ्क रहेको छ भने सबैभन्दा कमजोर हिमालयन बैङ्क देखिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka