Premier Cables
Premier Steel

अन्य

कहाँ हराए जुनकिरी ?

नोट: यो समाचार ३ महिना अघिको हो

करन बास्तोला Calendar शनिबार, असार ०७, २०८२  | अपराह्न १:१२ बजे

केही वर्ष अगाडिसम्म प्रसस्त रूपमा देखिने जुनकिरी अहिले भने हराएका छन्। पहिले राति सहजै पाइने यी झिलिमिली किरा अहिले दुर्लभ बन्दै गएका छन्। बाल्यकालमा जुनकिरीसँग रमाउने हामी अहिलेको पुस्ताले भने त्यो महसुस गर्न पाएका छैनौं। रातको अन्धकारमा उज्यालोको किरण दिने ती जुनकिरी आखिर कहाँ हराए त? यस्तै प्रश्न धेरैको मनमा उठ्न सक्छ।

जुनकिरी हराउँदै जानुको कारणबारे यति धेरै अध्ययन भएको देखिँदैन। तथापि, बढ्दो प्रकाश प्रदूषण, विद्युत बत्तीहरूको अत्यधिक प्रयोग यसको प्रमुख कारण मानिएको छ। यस्ता कुराहरूले यसको जीवनचक्रमा प्रतिकूल असर पुर्‍याइरहेका छन्।

बिज्ञापन

जुनकिरी हराउँदै जानुमा तीन मुख्य कारण पहिचान गरिएको छ बासस्थानको विनाश, कीटनाशक औषधिको प्रयोग र प्रकाश प्रदूषण। यी तीन कारणहरूले यसको जीवन चक्रमा असर पुर्‍याएकाले यसको संख्या घट्दो क्रममा छ।

विकाससँगै भइरहेको सहरीकरण र कङ्क्रिटका संरचनाका कारण यसको प्राकृतिक बासस्थान नष्ट हुँदै गएको छ।
आधुनिक कृषि प्रणालीमा कीटनाशक औषधिको अत्यधिक प्रयोगले जुनकिरीको खानामा असर गर्नुका साथै तिनै औषधिले जुनकिरीकै लागि पनि खतरा निम्त्याएको छ। यिनको लोपको कारण बन्दैछ ।

अर्कोतर्फ, अहिले विद्युतको अत्यधिक प्रयोग भइरहेको छ। कृत्रिम बत्तीहरूको उज्यालोका कारण यसको प्रजनन प्रक्रियामा समस्या उत्पन्न भइरहेको छ।

अन्य थुप्रै कारणहरूले पनि जुनकिरी हराउँदै गएका छन्, जस्तै कि मानवीय गतिविधिहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यिनीहरूलाई असर पुर्‍याइरहेका छन्।

जुनकिरी गोब्रे प्रजातिको कीरा हो र यसको उत्पत्ति करिब १०० मिलियन वर्षअघि भएको मानिन्छ। यो डाइनासोरको पालामा उत्पन्न भएको भनिन्छ। हालसम्म संसारभर २२०० प्रजातिका जुनकिरीहरू पहिचान भइसकेका छन्।

नेपालमा भने यसको अध्ययन भएको पाइएको छैन। यसको अवस्थाबारेमा कुनै अनुसन्धान नभएको देखिन्छ र यसतर्फ कसैको ध्यान गएको पाइँदैन।

यदि यसलाई संरक्षण गर्न सकियो भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने देखिन्छ। विभिन्न देशहरूले यसको संरक्षण गरी रात्रीकालीन पर्यटन प्रवर्द्धन गरिरहेका छन्। यसको चम्किलो किरणले धेरैको मन लोभ्याउने गरेको पाइन्छ। जुनकिरी हुने स्थानमा स्वर्गको आभास हुने अनुभव गरिएको छ। नेपालले पनि यसको संरक्षण गर्न सके पर्यटनमा थप टेवा पुग्ने सम्भावना प्रस्ट देखिन्छ।

तर दुःखको कुरा के छ भने, यसको संरक्षणतर्फ कसैको ध्यानश गएको देखिँदैन। हामीले बाल्यकालमा जुनकिरीसँग बिताएका ती मिठा पल अहिलेको पुस्ताका लागि भने कथामै सीमित हुने खतरा बढ्दै गएको छ। जुनकिरीको कथा बालबालिकाको लागि दन्ते कथाजस्तै बनेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka