Premier Cables
Premier Steel

राजनीति

मुकुल ढकाल अझै रास्वपा महामन्त्री : निर्वाचन आयोग

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०६, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले हालसम्मको अभिलेखअनुसार डा. मुकुल ढकाल नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री रहेको प्रस्ट पारेको छ।

ढकालले गत बुधबार आयोगमा निवेदन दिँदै आफ्नो नाम पार्टीको अभिलेखमा कायम छ कि छैन भन्नेबारे जानकारी मागेका थिए। त्यसको जवाफस्वरूप आयोगले २० चैत २०८० यता पार्टीका विवरण अद्यावधिक नभएको जनाएको हो।

बिज्ञापन

त्यसै दिन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकाललाई पत्र पठाएकी थिइन्।

आयोगका अनुसार २० चैत २०८० मा रास्वपाको विधान दोस्रो संशोधनसहित अभिलेखिकृत गरिएको थियो। सो क्रममा केही पदमा फेरबदल गरिएको थियो। त्यतिबेला अध्यक्षमा रवि लामिछाने, उपाध्यक्षमा डोलप्रसाद अर्याल, महामन्त्री र प्रवक्तामा डा. मुकुल ढकाल रहेका थिए।

त्यसअन्तर्गत स्वर्णिम वाग्ले दोस्रो उपाध्यक्षमा मनोनीत भएका थिए भने ढकाल चौथो वरियतामा राखिएका थिए। साथै तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र तीन प्रवक्ता थपिएको विवरण पनि त्यही अभिलेखमा समावेश गरिएको थियो।

आयोगसम्बद्ध एक उच्च स्रोतका अनुसार त्यसयता रास्वपाका कुनै पनि विवरण अद्यावधिक भएको छैन। त्यसैले हाल पनि ढकालकै नाम महामन्त्रीको रूपमा कायम छ, र आयोगले त्यही विवरणलाई आधिकारिक मानेको छ।

रास्वपाले ढकाललाई पार्टीबाट निष्कासन गरे पनि त्यो कारबाही आयोगसम्म नपुगेको र त्यसअनुसार अभिलेखमा परिवर्तन नभएको स्पष्ट गरिएको छ।

त्यति मात्रै होइन, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भए पनि त्यो जानकारी पनि आयोगमा अद्यावधिक नभएको स्रोतको भनाइ छ।

आयोगको उच्च स्रोतका अनुसार ढकालले सार्वजनिक सूचना माग गरेपछि पुरानै अभिलेखका आधारमा पत्राचार गरिएको हो। आयोगको तर्फबाट यस विषयमा कुनै नयाँ निर्णय नभएको पनि स्पष्ट गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka