Premier Cables

राष्ट्रिय

पत्रकार नारायण अर्याल पक्राउ, दिलभुषण पाठक खोज्दै प्रहरी

Calendar बिहिबार, जेठ २९, २०८२  | साँझ ६:४३ बजे

काठमाडौं । नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो ।

‘कलमजिवी पत्रकार नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको छ ।’

बिज्ञापन

यसअघि बिहान पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेका बताएका थिए ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए । पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल प्रहरीले अर्का पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको थियो ।

बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको उनले बताएका छन् ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए ।

पत्रकार अर्यालले अर्का पत्रकार पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका छन् ।

प्रहरीले यस अघिदेखि नै पत्रकार पाठकको खोजी गरिरहेको छ । साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा पाठकविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो