Premier Cables
Premier Steel

राष्ट्रिय

पोखरामा प्याराग्लाइडिङबाट खसेका चार जनाकाे फेवातालबाट उद्धार

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ५:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं — पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवातालमा खसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। दुर्घटना कास्कीको पोखरा महानगरपालिका–१८, तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङहरू ल्यान्डिङ गर्ने क्रममा भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालीका गण कास्कीबाट खटिएको फेवा रेस्क्यु टावरको टोलीले दिउँसो करिब ३ बजे चारै जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बिज्ञापन

उद्धार गरिएका यात्रुहरूमा भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल रहेका छन्। उनीहरू पर्यटकका रूपमा पोखरा आएका थिए। उनीहरूलाई साथ दिएर उडान गरिरहेका अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी पनि फेवातालमै खसेका थिए।

प्रहरीका अनुसार उडान सामान्य रूपमा भए पनि ल्यान्डिङको क्रममा मौसम र हावाको प्रभावले गर्दा प्याराग्लाइडिङहरू अनियन्त्रित भई तालको बीच भागमा खसेका थिए। घटनापछि सशस्त्र प्रहरीको उद्धार टोली तत्काल तालमा परिचालन गरिएको थियो।

चारै जनाको अवस्था सामान्य रहेको र थप स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ। पोखरा क्षेत्र प्याराग्लाइडिङका लागि लोकप्रिय मानिन्छ तर मौसमको जोखिमका कारण बेला–बेलामा यस्ता दुर्घटना भइरहने गर्छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka