Premier Cables

राजनीति

प्रतिनिधिसभा बैठक फेरि सारियो, भिजिट भिसा प्रकरणले गतिरोध

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि एक पटक सारिएको छ। आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक भिजिट भिसा प्रकरणमा सहमति नजुटेपछि तोकिएको समयमा बस्न सकेन। सभामुख देवराज घिमिरेले नयाँ समय तोक्दै बैठक आजै दिउँसो ३:१५ बजेका लागि सारिएको जानकारी दिएका छन्।

भिजिट भिसाको नाममा मानव तस्करीसम्बन्धी गम्भीर आरोप सार्वजनिक भएसँगै यस विषयले संसदमा तीव्र प्रभाव पारेको छ। विपक्षी दलहरू लगातार संसद अवरुद्ध गर्दै गृहमन्त्री र सरकारसँग स्पष्ट जवाफ माग गरिरहेका छन्। सत्ता पक्ष भने संसद सुचारु गरेर बजेटसम्बन्धी छलफल अघि बढाउन चाहन्छ। तर, विवाद समाधानमा अझै सहमति जुट्न सकेको छैन।

विज्ञापन

प्रतिनिधिसभाको चालु अधिवेशनमा जेठ २ गतेयता नियमित बैठक सञ्चालन हुन सकेको छैन। निरन्तरको अवरोधले विधेयक पारित, बजेट छलफल लगायतका प्रक्रिया प्रभावित भएका छन्। बैठक सुरु हुनुअघि संसद भवन नयाँ बानेश्वरमा सत्ता पक्ष र विपक्षी दलका नेताबीच सहमतिका लागि छलफल जारी थियो। तर, भिजिट भिसा प्रकरणमा कसरी अघि बढ्ने भन्ने विषयमा ठोस सहमति नजुटेपछि बैठक अर्को समयका लागि सारिएको हो।

संसद बैठक बारम्बार स्थगित हुँदै जानु तथा विधायन प्रक्रिया नै अवरुद्ध हुनु राज्य सञ्चालनमा असहज स्थिति सिर्जना भइरहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। मुलुकको नीति निर्माण हुने उच्चतम मञ्चमै गतिरोध बढिरहेको बेला राजनीतिक दलहरूबीचको संवाद अझ आवश्यक देखिएको छ।

अब दिउँसो ३:१५ बजे बस्ने भनिएको बैठकमा सहमति जुट्छ वा फेरि अर्को स्थगन हुन्छ भन्नेमा आमजनताको चासो बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka