Premier Cables
Premier Steel

विराटनगर

ट्रान्सपोर्ट एसोसिएसन अफ मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २४, २०८२  | राती ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ट्रान्सपोर्ट एसोसिएसन अफ मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन् ।

शनिबार भएको १५ औं साधारण सभा तथा आठौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिज्ञापन

एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल महासचिवमा युवराज श्रेष्ठ सचिवमा विनोद राजबंशी कोषाध्यक्षमा केशर कुमार कार्की तथा सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई,ज्योति राजवंशी मण्डल,ऋषि पोखरेल र हिमांशु जोशी निर्वाचित भएका छन् ।‌

अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले यातायात क्षेत्रको विकृति तथा विसंगति हटाउन कोसी प्रदेश सरकार एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताए ।

यातायात व्यवस्था कार्यालयमा अहिले पूर्णरुपमा सुधार गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले अझै सुधारका लागि सुझाव दिन आग्रहसमेत गरे ।

कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव प्रसाद नेपाल, पूर्व अध्यक्ष सन्त बहादुर डुम्जन,कोसी ट्रक व्यवसायी महासङ्घका अध्यक्ष विद्यापति उपाध्याय ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष अरुण श्रेष्ठ लगायतकाले मन्तब्य राखेका थिए ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa