Premier Cables
Premier Steel

विराटनगर

कटहरीमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेको जीवन विकास अस्पतालले दिने सेवा के के छन् ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २४, २०८२  | साँझ ४:१५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । शनिबार प्रधानमन्त्री केपी ओलीले मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन उद्घाटन गरेका छन्

२०० शैय्या क्षमताको यो अस्पतालले पूर्वी दक्षिणी मोरङको ग्रामीण भेगमा स्वास्थ्य सेवामा कायापलट हुने अपेक्षा गरिएको छ । यहाँ सिमावर्ती भारतीय क्षेत्रका बासिन्दालाई पनि स्वास्थ्य सेवा उपलब्ध हुने छ ।‌

बिज्ञापन

ग्रमीण भेगमा सेवा दिने उद्देश्यसाथ अस्पताल संचालन गरिएको अध्यक्ष योगेन्द्र मण्डलले बताएका छन् । विगत २५ वर्षदेखि शुरु गरेको आफ्नो अभियान सार्थक भएको उनले बताए । मण्डल जीवन विकास समाज लघुवित्तको संस्थापक पनि हुन ।‌
उनले भने,”पछि मेडिकल कलेजकै रुपमा बिस्तार गर्ने योजना छ ।‌”

मण्डल स्वतन्त्र उमेद्वारी दिएर मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । एमालेबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए‌ ।
अस्पताल अध्यक्ष मण्डलका अनुसार यहाँ अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत अस्पतालले सेवा दिने छ ।

आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी सेवा, निर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेसन सेवा, बालरोग उपचार र डायलासिस सेवाहरू सञ्चालन हुने छन्।

अस्पतालमा हाल २५ शैय्याको आइसीयू, ९ शैय्याको एनआइसीयू १० शैय्याको सीसीयू बेड रहेको छ ।

हाल दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति कार्यरत छन् । सेवालाई थप गुणस्तर बनाउन जनशक्ति थप हुने छ । मुटु रोग उपचारको समेत प्रबन्ध हुने मण्डलले बताए ।‌

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka