






विराटनगर । शैक्षिक परामर्शमा ख्याति कमाएको केआइइसीले कोसी प्रदेशको राजधानी विराटनगरमा एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।
केआइइसी विराटनगरमा जेठ २६ गते बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म १५ बढी विश्वविद्यालयका प्रतिनिधिले निःशुल्क परामर्श दिन लागेका हुन् । कार्यक्रम हिमालय सिनेमा हल उत्तर कृषि विकास बैंक नजिकै हुने छ ।
सामाजिक तथा शैक्षिक गतिविधिमा सक्रिय रहेको केआइइसीले युके, अस्ट्रेलिया, न्युजिल्यान्ड, जर्मन, फ्रान्स, नेदरल्याण्ड, क्यानडा लगायत देशमा विद्यार्थी पठाउँदै आएको छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेशमा अध्ययन गर्ने सोच भएका विद्यार्थीको लागि सुविधा प्रदान गर्न लागिएको हो ।
देशको अवस्था, शैक्षिक वातावरण, शुल्क देखि सामाजिक अवस्थाको बारेमा सम्पूर्ण जानकारी एजुकेसन फेयरमा पाइने भएको छ ।