Premier Cables
Premier Steel

कोशी प्रदेश

आगजनीबाट ध्वस्त दमकको भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०४, २०८३  | बिहान ९:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गत वर्ष भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको झापाको दमकस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै दमक स्टोर पुनः सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका हुन्।

विज्ञापन

गत वर्ष भदौ २४ गतेको प्रदर्शनका क्रममा भाटभटेनीका कम्तीमा १२ वटा स्टोरमा आगजनी हुँदा ती पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। कम्पनीले हेटौंडाबाहेक अन्य सबै स्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ।

अध्यक्ष गुरुङले ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि कम्पनीले व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन्।

‘यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन। भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ। कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ,’ विज्ञप्तिमा भनिएको छ।

पूर्ण रूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा दिन सफल भएको गुरुङले उल्लेख गरेका छन्।

उनले पुनर्निर्माणमा सहयोग गर्ने सबै व्यक्ति, अहोरात्र खटिने कर्मचारी तथा स्टोर पुनः सञ्चालनको प्रतीक्षामा रहेका ग्राहकप्रति आभार व्यक्त गरेका छन्।

दमक स्टोर पुनः सञ्चालनमा आएसँगै आगजनीबाट क्षतिग्रस्त भाटभटेनीका अधिकांश शाखाले पुनः व्यावसायिक सेवा सुरु गर्ने भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka