Premier Cables
Premier Steel

विराटनगर

भायानेटले ल्यायो ‘आजको समस्या, आजै समाधान’ सेवा

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | अपराह्न २:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै समाधान’ सेवा सुरु गरेको छ।

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

विज्ञापन

ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले टाढैबाट प्राविधिक सहयोग प्रदान गर्नेछ। आवश्यक परेको खण्डमा प्राविधिक टोली ग्राहकको घरमै पुगेर समस्या समाधान गर्नेछ।

ग्राहक सेवालाई विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई कम गर्ने विश्वास लिएको छ। साथै, ग्राहकलाई छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ।

प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सहयोग नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्।

नियम तथा सर्तहरू लागू हुनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka