Premier Cables
Premier Steel

अपराध

झापामा ४ बोरा अवैध पटका र झिलिमिली बत्ती बरामद, तस्कर भने फरार

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असोज २६, २०८२  | साँझ ६:२७ बजे

विराटनगर । झापा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेका अवैध पटका र झिलिमिली बत्ती बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, विशेष सूचनाको आधारमा गएको राति करिब १०:३० बजे भद्रपुर नगरपालिका–५ स्थित राई बस्तीमा खटिएको प्रहरी टोलीले ती सामग्री बरामद गरेको हो।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीलाई देख्नासाथ तस्करहरूले चारवटा प्लास्टिक बोरामा रहेका सामानहरू छाडेर फरार भएका थिए।

प्रहरीका अनुसार, ती बोरामा विभिन्न प्रकारका अवैध पटका तथा झिलिमिली लाइट बल्बहरू फेला परेका छन्। बरामद सामग्रीको अनुमानित बजार मूल्य करिब चार लाख रुपैयाँ रहेको बताइएको छ।

हाल ती सबै सामग्री वडा प्रहरी कार्यालय भद्रपुरमा सुरक्षित रूपमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka