Premier Cables

अपराध

दाउले हानेर श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न ३:२८ बजे

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ मा घरेलु विवादका कारण एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

शनिबार राति आपसी भनाभन चर्किएपछि २७ वर्षीया मेखमाया धामीले ३० वर्षीय श्रीमान धनबहादुर धामीको टाउकोमा दाउ प्रहार गरेकी थिइन्। प्रहरीका अनुसार गम्भीर चोटका कारण धनबहादुरको घटनास्थलमै ज्यान गएको थियो।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानमा प्रहरीलाई थाहा भएअनुसार, विवादको क्रममा मेखमायाले रिसको झोकमा धारिलो हतियार प्रयोग गरेकी हुन्।

हत्या अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटना परिवारभित्रकै झगडाबाट भएको देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र सबै विवरण खुल्ने प्रहरीले बताएको छ।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka