Premier Cables
Premier Steel

अपराध

दाउले हानेर श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ मा घरेलु विवादका कारण एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

शनिबार राति आपसी भनाभन चर्किएपछि २७ वर्षीया मेखमाया धामीले ३० वर्षीय श्रीमान धनबहादुर धामीको टाउकोमा दाउ प्रहार गरेकी थिइन्। प्रहरीका अनुसार गम्भीर चोटका कारण धनबहादुरको घटनास्थलमै ज्यान गएको थियो।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानमा प्रहरीलाई थाहा भएअनुसार, विवादको क्रममा मेखमायाले रिसको झोकमा धारिलो हतियार प्रयोग गरेकी हुन्।

हत्या अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटना परिवारभित्रकै झगडाबाट भएको देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र सबै विवरण खुल्ने प्रहरीले बताएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka