Premier Cables

समाचार

१३ हजार रुपैयाँ घूस लिएको आरोपपछि विराटनगरका असई जिल्ला तानिए

Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ७:५३ बजे

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा कार्यरत नेपाल प्रहरीका एकजना जुनियर अधिकृत(असाई) माथि घूस लिएको आरोपपछि अनुसन्धान थालिएको छ ।

प्रहरीको सीआरभी युनिट केसलियाका इन्चार्ज रामअवतार यादवमाथि घूस लिएको आरोप लागेपछि जिम्मेवारीबाट हटाइएको छ । उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । केही दिनअघि सीआरभी इन्चार्जको जिम्मेवारीमा पठाइएको थियो ।

बिज्ञापन

असई यादवमाथि सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग १३ हजार रूपैयाँ घूस लिएको आरोप छ । विराटनगर–१८ भेडियारीमा रहेका आफन्तलाई सापटी दिएको १ लाख ७५ हजार रूपैयाँ पैसा लिएर इन्द्रदेव आफ्नो घर फर्किदै थिए । त्यही बेला नियन्त्रणमा लिएर विभिन्न धम्की दिँदै असई रामअवतारले १३ हजार रूपैयाँ लिएको आरोप लगाइएको हो ।

शनिबार राति ८ः३० बजेतिर सीआरभीकै गाडीमा राखेर इन्द्रदेवलाई नहरतिर लगेको र करिब २ घण्टासम्म नियन्त्रणमा राखेर पैसा मागेको बताइएको छ । आफूसँग असईले पैसा लिएको गुनासो इन्द्रदेवले गर्ने गरेका छन् । किन यति धेरै पैसा लिएर हिंडेको भन्दै असई यादवले मुद्दा चल्यो भने जेल जानुपर्छ भन्दै डर देखाएको पीडितको दाबी छ ।

घटना बाहिर आएपछि असई रामअवतारलाई गत सोमबार सीआरभी नेतृत्वको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय तानिएको छ । त्यो ठाउँमा असई शिव प्रधानलाई पठाइएको छ । तर, रामअवतारले घुसबापत लिएको दाबी गरिएको रकम भने बरामद भएको थिएन ।

यस घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले डिएसपी कोपिला चुँडालको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान अघि बढाएको छ । मोरङका एसपी नारायणप्रसाद चिमरिया घटनाबारे समितिले छानबिन गर्ने बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो