Premier Cables

राष्ट्रिय

माओवादी नेता अग्नी सापोकाटमाथि हत्या आरोपमा मुद्दा चलाउने बाटो खुल्यो

Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ६:२६ बजे

विराटनगर । पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख सापकोटविरुद्ध उत्प्रेषण जारी गरेसँगै अनुसन्धान गरी मुद्दा चालाउने बाटोसमेत खुलेको छ ।

सापकोटामाथि काभ्रेप्लान्चो जिल्लाका अर्जुन लामाको हत्याकाण्डमा संलगन भएको आरोप छ ।

बिज्ञापन

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो । यस सम्बन्धी विवरण सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

सापकोटामाथि लामाको अपहरण गरेर हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।

लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा मुद्दा दायर गरेकी थिइन्। त्यसबेला सापकोटा सूचना तथा सञ्चार मन्त्री थिए ।

लामाको २०६२ सालमा अपहरणपछि हत्या भएको थियो। सापकोटाले आफूविरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो