Premier Cables

विराटनगर

मोरङमा पहिलोपटक ‘फोटो भिडियो एक्सपो २०८३’ हुँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । फोटोग्राफर संघ मोरङको आयोजनामा मोरङ जिल्लामै पहिलोपटक ‘फोटो भिडियो एक्सपो २०८३’ आयोजना हुने भएको छ। असोज १७ र १८ गते विराटनगर बसपार्कदेखि उत्तरतर्फ रहेको आर.के. पार्टी प्यालेसमा दुईदिने एक्सपो आयोजना गर्न लागिएको हो। यसबारे शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी तयारीबारे जानकारी दिइएको छ ।

फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, उपकरण र सिर्जनात्मक अभ्यासबारे जानकारी गराउने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

विज्ञापन

एक्सपोमा क्यामेरा, लेन्स, स्टुडियो तथा आउटडोर लाइटिङ, भिडियो उपकरण, प्रिन्टिङ तथा फोटो–भिडियोसँग सम्बन्धित अन्य प्रविधि र सेवाहरूको प्रदर्शनी गरिनेछ। साथै व्यवसायी, विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया तथा जानकारीमूलक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार एक्सपोले स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरका सिर्जनालाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न सहयोग पुर्‍याउनेछ।

फोटोग्राफर संघ मोरङले एक्सपोमा फोटोग्राफर, भिडियोग्राफर, सञ्चारकर्मी, विद्यार्थी, कलाकार, व्यवसायी तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरेको छ।

एक्सपोमा फोटो तथा भिडियोसँग सम्बन्धित विभिन्न उपकरण, प्रविधि तथा सेवाहरूको प्रदर्शनी गरिनेछ। क्यामेरा, लेन्स, स्टुडियो तथा आउटडोर लाइटिङ, भिडियो उपकरण, प्रिन्टिङ तथा फोटोसम्बन्धी प्रविधिहरूका साथै यस क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिबारे जानकारी प्राप्त गर्न सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka