Premier Cables
Premier Steel

स्वास्थ्य

कोशी अस्पतालमा बिमा रकम दुरुपयोग, तीन कर्मचारी बर्खास्त

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी अस्पतालमा स्वास्थ्य बिमा रकम दुरुपयोगको घटना सार्वजनिक भएको छ। अस्पतालका तीन कर्मचारीले बिमित बिरामीको कार्ड दुरुपयोग गरी फार्मेसीबाट औषधि लुट्ने गरेको छानबिनबाट खुलासा भएको हो।

फार्मेसी सहायक शिशिर साहु, निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतको संलग्नता पुष्टि भएपछि अस्पतालले उनीहरूलाई आइतबार बर्खास्त गरेको हो।

बिज्ञापन

घटनाको पर्दाफास एक क्यान्सर पीडित बिरामीको उजुरीपछि भएको हो। उनले एक हप्ताको औषधि लिँदा बिमा खाताबाट एक महिनाको रकम काटिएको देखेपछि उजुरी दिएका थिए।

छानबिनमा औषधि कम दिई बढी रकम काट्ने, चिकित्सकले नलेखेको औषधिको बिल बनाउने जस्ता अनियमितता देखिएको छ। दुरुपयोग गरिएका औषधि बाहिर बेच्ने वा आफ्ना मान्छेलाई दिने गरिएको आशंका गरिएको छ।

यो घटनाले स्वास्थ्य बिमा कार्यक्रमको निगरानी प्रणालीमा रहेको गम्भीर कमजोरी उजागर गरेको छ। कोशी प्रदेशमा २७ लाखभन्दा बढी बिमित नागरिक छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka