Premier Cables

राजनीति

जेन-जी घटनामा संलग्नलाई कठघरामा उभ्याउनुपर्छ : ज्ञानबहादुर शाही

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | अपराह्न २:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका क्रममा गोली चलाउने तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई आगामी तीनदेखि छ महिनाभित्र कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउने तथा सिंहदरबार, संसद् भवन र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

विज्ञापन

उनले सरकारले पछिल्लो छ महिनामा अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। यद्यपि छोटो अवधिमै देशमा ठूलो परिवर्तन सम्भव नहुने भन्दै सरकारले गरिरहेको कामलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

शाहीले रोजगारी सिर्जना गर्ने ठोस नीति संसद्मा ल्याइए आफूहरूले विरोध नगर्ने बताए। विदेशमा रहेका नेपालीका विषयमा तथा रास्वपा सभापति रवि लामिछानेले अघि सारेको संविधान संशोधनको प्रतिबद्धताबारे समेत पर्याप्त छलफल हुन नसकेको उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka