Premier Cables

मौसम

तीन दिन देशभर भारी वर्षाको सम्भावना, केही स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | बिहान ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमानअनुसार बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विज्ञापन

बुधबार राति कोसी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, वाग्मती प्रदेशका पहाडी तथा तराई भू–भाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बिहीबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सो अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण केही स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई महाशाखाले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka