काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाह मंगलबार असोज ६ गते साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ।
आफू विदेशमा रहँदा सरकारको दैनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागिता सकेर उनी असोज १० गते स्वदेश फर्किने तालिका छ।
