Premier Cables
Premier Steel

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०३, २०८३  | अपराह्न १२:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्यमी तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यापार विस्तार गर्न आह्वान गर्नुभएको छ । इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) द्वारा आयोजित अन्तरक्रियामा बोल्दै उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको बताउनुभयो।

​नेपाललाई केवल बजारका रूपमा मात्र नहेरी रणनीतिक साझेदारका रूपमा लिन आग्रह गर्दै मन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, कृषि, पर्यटन र उत्पादन क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो।

विज्ञापन

सरकारले सुशासन, नीतिगत सुधार र लगानीकर्तामैत्री वातावरण सिर्जना गर्न बजेट तथा कर प्रणालीमा महत्त्वपूर्ण सुधारहरू गरिरहेको उहाँको भनाइ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka