Premier Cables

समाचार

लखन्तरीको श्रीमद्भागवत सप्ताह महापुराणमा राधिका दासीले कथा वाचन गर्ने

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २१, २०८३  | राती ८:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिका-१, लखन्तरीस्थित श्री रामजानकी मन्दिरको प्राङ्गणमा असोज १ गतेदेखि श्रीमद्भागवत सप्ताह महापुराण-२०८३ आयोजना हुने भएको छ।

श्री रामजानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने उक्त महापुराण असोज १ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ।

विज्ञापन

आयोजक समितिका अनुसार असोज १ गते बिहान १०:०० बजे भव्य कलश यात्रा गरी महापुराणको औपचारिक शुभारम्भ गरिनेछ। कथा व्यासका रूपमा प्रख्यात कथा वाचिका भागवत मञ्जरी राधिका दासी जी रहनेछिन्।

उनको मुखारविन्दबाट कथा श्रवण, भजन-कीर्तन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिनेछ।

रामजानकी मन्दिर व्यवस्थापन समितिले असोज १ देखि ७ गतेसम्म सञ्चालन हुने यस धार्मिक तथा आध्यात्मिक अनुष्ठानमा पाल्नुहुन सम्पूर्ण अतिथि, समाजसेवी, बुद्धिजीवी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा एवं स्वागत व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka