Premier Cables

राजनीति

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको तत्काल उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १८, २०८३  | अपराह्न ३:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा फसेका व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्ने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री शाहले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले काम गरिरहेको जानकारी दिए।

विज्ञापन

भेटपछि पूर्वऊर्जामन्त्रीसमेत रहेका घिसिङले सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति तत्काल सुरुङ क्षेत्रमा पुर्‍याउन सुझाव दिएको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहले फसेका नागरिकको सकुशल उद्धारका लागि आवश्यक सबै साधनस्रोत र जनशक्ति परिचालन गर्ने बताएका छन्। स्वदेशमा उपलब्ध स्रोतसाधनबाट सम्भव नभए बाहिरबाट आवश्यक उपकरण तथा जनशक्ति ल्याएर भए पनि उद्धार कार्यलाई तत्काल अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको घिसिङले बताए।

भेटमा घिसिङले रसुवा र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापना गर्नुपर्ने सुझाव पनि दिए।

स्याफ्रुबेँसीसम्म सडक सञ्जाल सञ्चालनमा ल्याउने तथा आवश्यक स्थानमा बेलिब्रिज राख्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka