फायल फोटो
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली मलेसियाले नेपालसामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार यूकेएम यूएसडी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको हो।
मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ तथा मोहम्मद स्याहदत रमीलले १३ रनको योगदान दिए।
मलेसियाको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट हात पारे।
नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो।
यता मलेसियाले पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्य राखेको छ। उसले पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो।
