Premier Cables
Premier Steel

खेलकुद

आईपिएल हिरो वैभव सूर्यवंशी ‘हाईप’ : युवराज सिंहका बुबाकाे प्रश्न, ‘के पाँच दिन म्याचमा टिक्न सक्छौ ?’

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | राती ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । आईपीएल २०२५ मा वैभव सूर्यवंशीको चमत्कारी उदयले देशभर चर्चा बटुलेको छ। १४ वर्षीय यी खेलाडीले राजस्थान रोयल्सबाट डेब्यु गर्दै २५२ रन बनाए, जसमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमै बनाएको सतक ऐतिहासिक रह्यो ।

यति कम उमेरमा यस्तो आँटिलो प्रदर्शन देखाउँदै उनले धेरैलाई सचिन तेन्दुलकरसँग तुलना गर्न बाध्य पारे। उनको विषयमा हाइप नै सिर्जना भएको छ । तर, यहीबीच उनका बुवाले उनको खेल कौशलको चर्चा भई रहँदा एउटा गम्भीर प्रश्न पनि तेस्याएका छन् ।

बिज्ञापन

सूर्यवंशी आईपीएल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । १४ वर्ष र २३ दिनको उमेरमा लखनउ सुपर जायन्ट्सविरुद्ध डेब्यु गरे। त्यसको ९ दिनमै उनले जयपुरमा विस्फोटक शतक बनाए । आईपीएलमा भारतीय खेलाडीद्वारा बनाइएको यो सबैभन्दा छिटो बनाइएको शतक थियो ।

आईपीएलपछि पनि उनको उत्कृष्ट फर्म जारी रह्यो। बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा भएको रातो बलको अभ्यास खेलमा उनले ९० बलमा १९० रन बनाएको खबर छ । जसले इंग्ल्याण्ड भ्रमणअघि भारत अन्डर १९ टोलीमा स्थानका लागि बलियो दाबी प्रस्तुत गरेको छ।

तर यो हाइपबीच पूर्वक्रिकेटर तथा युवराज सिंहका बुबा योगराज सिंहले यथार्थको कठोर प्रश्न उठाए । उनले साेधेका छन्, “मेरो दृष्टिकोण टेस्ट क्रिकेट हो। के तिमी ५ दिन टिक्न सक्छौरु त्यो नै वास्तविक परीक्षा हो । ५० ओभर ठीकै छ। २० ओभर ठीकै छ । म यी फर्म्याटहरूमा विश्वास गर्दिन। तर, किनभने यी फर्म्याट छन्, तिमी ती सबैमा फिट हुनैपर्छ। समस्या किन हुन्छरु किनभने तिमीहरू टी २०, आईपीएल र ५० ओभरमै मात्र केन्द्रित हौ। आजकल त हामी ५० ओभर पनि खेल्न सक्दैनौं। त्यही अवस्थामा छौं हामी,” उनले भने ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa