Premier Cables

कोशी प्रदेश

जहदास्थित रामजानकी मन्दिरबाट भगवना राम-सीताको मूर्ति चोरी

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १७, २०८३  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जहदा । मोरङको जहदा गाउँपालिका–३ स्थित ऐतिहासिक रामजानकी मन्दिरबाट भगवान् राम र सीताको मूर्ति चोरी भएको छ।

आज बिहान मन्दिरका पुजारी नित्य पूजाआजाका लागि पुग्दा मन्दिरको मूल ढोकाको ताला फोडिएको र गर्भगृहमा रहेका मूर्तिहरू गायब भएको फेला परेको थियो। त्यसपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली स्थलगत निरीक्षणका लागि मन्दिर परिसर पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमान अनुसार गएराति अज्ञात समूहले ताला फुटाएर पित्तलका बहुमूल्य मूर्तिहरू चोरी गरी फरार भएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको र चोरीमा संलग्नहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। मन्दिरबाट धार्मिक महत्त्वका मूर्तिहरू चोरी भएपछि स्थानीयवासी तथा श्रद्धालुहरू चिन्तित बनेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka