Premier Cables
Premier Steel

कोशी प्रदेश

ढल्केको बिजुली पोलले बटुवाको सुरक्षा जोखिममा, गाउँपालिकालाई वास्ता छैन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जहदा-३ मा झुकेको बिजुली पोलका कारण मोरङको जहदा गाउँपालिका–३ मा सर्वसाधारण बटुवाहरू करेन्ट लाग्ने जोखिममा परिरहेका छन्।

२०७४ सालको बाढीले पोलमा क्षति पुर्‍याएको भए पनि अहिलेसम्म न मर्मत गरिएको छ, न त नयाँ पोल जडान गरिएको छ।

बिज्ञापन

स्थानीय बासिन्दाले पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको आरोप छ। स्थानीयवासीहरू भन्छन्, “वडाध्यक्ष दुई कार्यकाल जितिसक्नुभयो, तर पोल भने जस्ताको तस्तै छ। कुनै पहल देखिएको छैन।”

उक्त मार्ग भएर गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहसहित कर्मचारीहरू दैनिक ओहोरदोहोर गर्ने भए पनि नेपाल विद्युत प्राधिकरणमा पोल परिवर्तनको मागसम्म नगरिएको स्थानीयहरूको गुनासो छ।

जहदाका एक बासिन्दाले भने, “पोल कहिले ढल्ने र कसलाई करेन्ट लाग्ने हो, कुनै ठेगाना छैन।”

यसैबीच, स्थानीय स्तरमा जडान गरिएको सोलार लाइट पनि वर्षौंदेखि नबलेको गुनासो छ। सोलार लाइटको ब्याट्री चोरी भए पनि गाउँपालिकाले मर्मत वा पुनः सञ्चालनमा ल्याउने पहल नगरेको स्थानीयको भनाइ छ।

स्थानीयहरूको भनाइमा जिम्मेवार निकायले गम्भीरता नअपनाए दुर्घटनाको खतरा बढ्न सक्ने देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka