Premier Cables

विराटनगर

लाइफ गार्ड अस्पतालको अप्रेसन थिएटरमा डाक्टरबीच नै हानाहान !

मिलापत्र गर्दै घटना पारियो साम्य

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | साँझ ४:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।  अस्पतालमा डाक्टरले उपचार गर्ने हो कुटाकुट होइन तर विराटनगर–५ बरगाछी चोकस्थित लाइफगार्ड अस्पतालको अप्रेसन थिएटरभित्रै दुई चिकित्सकबीच हानाहान भएको घटना बाहिरिएको छ।

स्रोतका अनुसार गत भदौ १० गते बुधबार अप्रेसनका लागि आवश्यक सामग्रीको विषयलाई लिएर चिकित्सक डा. इकवाल अहमद र डा. अभिषेक चौधरीबीच अप्रेसन थिएटरभित्रै विवाद भएको थियो। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहाल भएको र घटनामा डा. अभिषेक चौधरीको टाउकोमा चोट लागेको स्रोतको दाबी छ।

विज्ञापन

स्रोतका अनुसार दिउँसो करिब साढे ३ बजेको समयमा दुवै चिकित्सक आ–आफ्ना बिरामीको अप्रेसनका लागि थिएटरमा पुगेका थिए। एकै समयमा अप्रेसन जुधेपछि आवश्यक उपकरण तथा सामग्रीको अभाव भएको बताइएको छ। सोही क्रममा अप्रेसनमा प्रयोग हुने एउटा उपकरणलाई लिएर दुई चिकित्सकबीच सुरुमा भनाभन भएको र पछि गालीगलौज हुँदै हात हालाहालको अवस्था सिर्जना भएको स्रोतको दाबी छ।

डा. अभिषेक चौधरीले आफ्नो बिरामीको अप्रेसन गर्न खोज्दा आवश्यक उपकरण नपाएको र उक्त उपकरण डा. इकवालको थिएटरमा रहेको बताइएको छ। चौधरीले उपकरण मागेपछि केही समयपछि दिने जवाफ पाएका थिए। तर, पछि यही विषयलाई लिएर विवाद बढ्दै जाँदा हानाहान भएको र त्यसक्रममा डा. चौधरीको टाउकोमा चोट लागेको स्रोतले जनाएको छ।

घटनाबारे अस्पताल प्रशासनलाई जानकारी भएपछि विषय जिल्ला प्रहरी कार्यालय मोरङसम्म पुगेको र दुवै पक्षबीच मिलापत्र भएपछि घटना सामसुम पारिएको स्रोतको दाबी छ।

अस्पतालमा बिरामीहरू आफ्नो स्वास्थ्य तथा जीवन सुरक्षित हुने विश्वासका साथ उपचारका लागि पुग्छन्। अझ अप्रेसनजस्तो संवेदनशील अवस्थामा चिकित्सकबीच नै विवाद र हानाहान हुनु गम्भीर विषय हो। यस घटनाले अप्रेसनका लागि तयार रहेका बिरामी तथा उनका आफन्तमा समेत मानसिक असर परेको हुनसक्ने देखिन्छ।

अस्पताल मानिस आफ्नो ज्यान जोगाउन र डाक्टर लाई भगवान मानेर बिश्वासका साथ आउछन तर लाइफ गार्ड अस्पतालमा भएको यो घटनाले अपरेसनका लागी तयार रहेका बिमारीलो मानसिक कति असर पार्‍यो होला । अस्पताल प्रशासनले पनि पैसाको लोभमा प्रयाप्त उपकरण बिनै मानिस को अपरेसन जस्तो सम्वेदन्शिल कुरा गर्नु कुनै अपराध भन्दा कम होइन यस उपर अस्पताल र डाक्टरलाई छानबिन गरि कारवाही हुन जरुरी छ ।  

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka