Premier Cables
Premier Steel

स्वास्थ्य

डा. कल्पना कुमारी यादवको सेवा लाईफ गार्ड अस्पतालमा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लामो समयदेखि सुनसरी जिल्ला अस्पताल, इनरुवामा सेवा प्रदान गर्दै आएकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कल्पना कुमारी यादव अब लाइफगार्ड अस्पताल विराटनगरमा सेवा प्रदान गर्ने भएकी छन्।

शुक्रबार अस्पतालले डा. यादवलाई विशेष कार्यक्रमका बीच स्वागत गरेको छ। सो अवसरमा अस्पतालका प्रबन्धक निरज श्रेष्ठले डा. यादवको आगमनले महिलासम्बन्धी रोग उपचार सेवामा थप सुदृढता आउने विश्वास व्यक्त गरे।

बिज्ञापन

बरगाछीचोक, विराटनगरमा अवस्थित लाइफगार्ड अस्पतालले स्वास्थ्यका विभिन्न क्षेत्रमा विशिष्ट सेवा प्रदान गर्दै आएको छ। डा. यादवले अस्पतालमा स्त्री तथा प्रसूति स्वास्थ्यका सम्पूर्ण सेवा उपलब्ध हुने बताएकी छन्।

डा. कल्पना कुमारी यादवद्वारा प्रदान गरिने सेवाहरूमा
मासिक धर्म र हर्मोन असन्तुलनसम्बन्धी, थाइराइड र यौन स्वास्थ्य (एसटीआई), इन्फेक्सन, पेल्भिक पेन र पेट दुखाइ, मासिक चक्र अनियमितता, प्रसूति सेवा, गर्भधारण जाँच (एएनसी), उच्च जोखिमयुक्त गर्भवतीको निगरानी, प्रसूति योजना र डेलिभरी व्यवस्थापन,

नवजात शिशु स्वास्थ्य परीक्षण र परामर्श, लेप्रोस्कोपिक / सर्जिकल, गर्भाशय, अण्डाशय, फाइब्राइड, सिस्ट सम्बन्धी लेप्रोस्कोपिक सर्जरी, मिनिमली इनभेसिभ सर्जरी (कम दुखाइ, छिटो रिकभरी), ट्युब र प्रजनन सम्बन्धी सर्जिकल उपचार, प्रजनन स्वास्थ्य(फर्टिलिटी), बाँझोपन (ईनफर्टिलीटी) परामर्श, आइभिएफ सल्लाह तथा रेफरल, हर्मोन, अल्ट्रासाउन्ड, सिमेन एनालाइसिस लगायतका स्वास्थ्य परीक्षण रहेका छन् ।

डा. यादवले आफ्नो सेवा हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने जनाएकी छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka