Premier Cables
Premier Steel

राष्ट्रिय

रसुवा बाढी: ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | साँझ ७:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा एक्कासी आएको भीषण बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

बाढीले भौतिक पूर्वाधार र सञ्चार संरचनामा क्षति पुर्‍याएपछि सो क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूसँग सम्पर्क विच्छेद भएको हो।

बिज्ञापन

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज र स्थानीय जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका ४४ जना सैनिक हालसम्म सम्पर्कमा आएका छैनन्। सोही क्षेत्रबाट नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना गरी थप ४१ जना सुरक्षाकर्मी पनि सम्पर्क बाहिर रहेका छन्।

भोटेकोशीको बाढीले स्थानीय जलविद्युत् गृह तथा २२० केभी सबस्टेसनमा गम्भीर क्षति पुर्‍याएको छ। विद्युत् आपूर्ति ठप्प हुनुका साथै नेपाल टेलिकमसहितका सञ्चार सेवा अवरुद्ध भएकाले प्रभावित क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।

नेपाली सेना र अन्य सुरक्षा निकायले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि पहल जारी राखेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka