काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर रु १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर रु १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर रु १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर रु २०९ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर रु १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर रु १९२ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर रु १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर रु १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर रु १११ रुपैयाँ ४६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर रु १२० रुपैयाँ २९ पैसा र बिक्रीदर रु १२० रुपैयाँ ७७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर रु ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर रु ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर रु २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर रु २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर रु ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर रु ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर रु ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर रु ४२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
यसैगरी, थाइ भाट एकको खरिददर रु ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर रु ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर रु ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर रु ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर रु ३७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर रु १० रुपैयाँ ९७ पैसा र बिक्रीदर रु ११ रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर रु १६ रुपैयाँ १७ पैसा र बिक्रीदर रु १६ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर रु २३ रुपैयाँ ९३ पैसा र बिक्रीदर रु २४ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर रु १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर रु ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर रु ५०० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर रु ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर रु ४०६ रुपैयाँ ९९ पैसा तथा ओमनी रियाल एकको खरिददर रु ३९७ रुपैयाँ र बिक्रीदर रु ३९८ रुपैयाँ ५६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने जनाउँदै केन्द्रीय बैंकले अद्यावधिक दर आफ्नो वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।
