Premier Cables
Premier Steel

बैंक तथा वित्त

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | बिहान १०:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा रहेको छ।

बिज्ञापन

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तोकिएको छ।

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न सकिने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa