Premier Cables

राष्ट्रिय

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक, सुनसरी घटनामाथि छलफल हुने

नोट: यो समाचार १ महिना अघिको हो

Karan Bastola Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | बिहान ११:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

बैठक आज बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा सुनसरीमा विकसित घटनाक्रमसहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे विस्तृत छलफल हुने जनाइएको छ।

विज्ञापन

नेपालको संविधानको भाग २८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवका रूपमा रक्षा सचिवले काम गर्नेछन्।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन तथा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण र आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति तर्जुमा गर्ने तथा राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी विषयमा सरकारलाई आवश्यक राय सल्लाह दिने संवैधानिक जिम्मेवारी वहन गर्दछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka