Premier Cables

विराटनगर

अन्नपूर्ण राठी केबलद्वारा सत्यनारायण मन्दिरलाई ६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | साँझ ७:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्नपूर्ण राठी केबल इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर–७ स्थित श्री सत्यनारायण मन्दिरलाई ६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ।

उज्यालो समाज र समृद्ध भविष्यका लागि हाम्रो निरन्तर सहयात्रा भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीले मन्दिरलाई ५ थान, २ टन क्षमताको एयर कन्डिसनर एसी, एक थान स्पिकर र माइक हस्तान्तरण गरेको हो।

विज्ञापन

कम्पनीका अनुसार सहयोग गरिएको सामग्रीको कुल मूल्य ६ लाख रुपैयाँ बराबर रहेको छ। मन्दिरमा हस्तान्तरण गरेको एसीलाई जडान खर्चसमेत कम्पनीले बेहोर्ने अन्नपूर्ण राठी केबलका अध्यक्ष श्याम राठीले बताएका छन्।

असार ३२ गते मन्दिरको स्थापना दिनको अवसर पारेर अन्नपूर्ण राठी केबलले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम आयोजना गरेको थियो। जस अन्तर्गत एसी जोडिएको पहिलो मन्दिर अब विराटनगरमा सत्यनारायण मन्दिर हुनेछ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka