Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | अपराह्न ३:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । बुधबारको कारोबारमा सेयबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५३.९४ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ८४ लाख ६९ हजार ११० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १६ करोड ४३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ८ अर्ब ४१ करोड बढीको सेयर कारोबार भएको थियो।

बिज्ञापन

आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘लगातार खस्किएको बजार हिजोदेखि घट्ने क्रम रोकिएको छ, विशेषगरी असार मसान्तका कारण बजारमा दबाब सिर्जना भएको थियो । लगानीकर्ता लगायत ब्रोकरहरुले हिसाब मिलान गर्नका लागि सेयर बेच्दा सेलिङ प्रेसर आएको थियो । अब बजार विस्तारै सुधार हुँदै जान्छ ।’

उनले थपे, ‘नेपाल धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको पूँजीबजार नीतिमा धेरै कुरा समेटिएको छ । बजार सुदृढ बनाउनका लागि ल्याएको नीतिहरु कार्यान्वयन भएमा बजार अवश्य दिगो बन्ने देखिन्छ । अहिलेको बजारमा चाहिएको भनेकै लगानीकर्ताको कन्फिडेन्ट हो । यदि बोर्डको नीति कार्यान्वयन हुने हो भने बजारले अवश्य लय लिने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज १.३७ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.७४ प्रतिशत, फाइनान्स ०.५०, होटल ०.६१, हाईड्रो ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ र व्यापार समूह ०.६० प्रतिशतले घट्यो ।

आज लगानी समूह मात्रै घट्यो । यो समूह आज ०.४६ प्रतिशतले घट्यो । म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa