Premier Cables
Premier Steel

अपराध

असई थमन विक हत्या प्रकरणः पाँच वर्ष कैद सजाय पाएका पूर्वसांसद कोइरी पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १९, २०८३  | बिहान ७:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा (एमाले)का नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

महोत्तरी प्रहरीले बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार उच्च अदालतको फैसलाअनुसार उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

बिज्ञापन

यसअघि महोत्तरी जिल्ला अदालतले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो।

सोही मुद्दामा उच्च अदालतले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्मा तथा सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ। यस्तै, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ।

लामो समयदेखि चर्चामा रहेको असई थमन विक हत्या प्रकरणमा उच्च अदालतको पछिल्लो फैसलासँगै दोषी ठहर भएका व्यक्तिविरुद्ध सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa