Premier Cables
Premier Steel

खेलकुद

२८ वर्षपछि विश्वकप खेलेको नर्वे अन्तिम १६ मा, हालाण्डको निर्णायक गोल

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | बिहान ७:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नर्वेका एन्टोनियो नुसाले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको नर्वेविरुद्ध आइभरी कोस्टका अमाद डियालोले ७४औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

बिज्ञापन

बराबरीतर्फ उन्मुख खेलको ८६औँ मिनेटमा स्टार फरवार्ड एर्लिङ हालाण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। हालाण्डको उक्त गोलसँगै नर्वेले प्रि–क्वार्टरफाइनल अर्थात् अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

यस खेलमा गोल थपेसँगै हालाण्डले फिफा विश्वकप २०२६ मा आफ्नो व्यक्तिगत गोल संख्या पाँच पुर्‍याएका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa