Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक अनिश्चित

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १६, २०८३  | अपराह्न १:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश बजेटलाई लिएर सत्तारुढ र असन्तुष्ट सांसदहरूबिचको विवाद समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको छ।

आज दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको हो।

बिज्ञापन

प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचना अनुसार सरकारको अनुरोधमा बैठकको मिति परिवर्तन गरिएको हो।

यसअघि असार ११ गते बिहीबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर बजेटमा देखिएको राजनीतिक असमझदारी कायमै रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः दुई दिन पछाडि धकेल्नुभएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa