Premier Cables
Premier Steel

समाचार

फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख १४, २०८२  | साँझ ५:२६ बजे

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताउनुभएको छ। मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिनुभएका हो । ‘

नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेका छन्’, भन्नुभयो, ‘यिनको मुकुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ ।’ उहाँले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गर्नुभयो । ‘फटाहा कुरा गर्ने स्थापित फटाहाहरू नै हुन् छन्, । पखेटा हेर्‍यो समाजवाद लेखेको छ, टाउको हेर्‍यो समाजवाद । बोलेपछि नीलवर्ण शृङ्गार भनेर चिनिन्छ’, उहाँले भन्नुभयो , जतिबेला यिनीहरू एमाले सिध्याउनैपर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो ।’

बिज्ञापन

त्यस्ता तत्त्वहरूले जसरी पनि लिडरसिपमाथि हमला गर्नेतिर लागेको भन्दै कमजोर बनाउन झूटा बिलहरू समेत देखाउने गरेको बताउनुभयो। उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा २०८४ मै विकास गर्ने पनि बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka