Premier Cables

मौसम

भारी वर्षाको चेतावनी: कतै मध्यम वर्षा, कतै हिमपातको सम्भावना

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०३, २०८३  | बिहान ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । देशका विभिन्न स्थानमा आज मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

विभागले आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाएको छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विज्ञापन

त्यसैगरी, कोसी, वाग्मती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको आँकलन गरिएको छ।

रातिको समयमा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बदली रहनेछ। राति कोसी, वाग्मती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।

त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थान र कर्णाली, सुदूरपश्चिम तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka