विराटनगर । अखिल भारतीय तेरापन्थ युवक परिषद् (ABTYP) को ‘मेगा ब्लड डोनेसन ड्राइभ’ अन्तर्गत तेरापन्थ युवक परिषद् विराटनगरको आयोजनामा विराटनगरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम हुने भएको छ।
‘रक्तदान कर्तव्यम्’ भन्ने सन्देशसहित सञ्चालन हुने अभियान सेप्टेम्बर १८ देखि २३, २०२६ सम्म चल्नेछ। अभियानको सुरुवात १८ सेप्टेम्बरमा तेरापन्थ भवन, विराटनगरबाट हुनेछ।
त्यसपछि १९ सेप्टेम्बरमा भाटभटेनी, २० सेप्टेम्बरमा रघुपति जुट मिल लिमिटेड, २१ सेप्टेम्बरमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, २२ सेप्टेम्बरमा अरिहन्त मल्टिफाइबर्स लिमिटेड तथा २३ सेप्टेम्बरमा सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स र मार्वल पाइपिङ सिस्टम्समा रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ।
अभियानलाई मारवाडी युवा मञ्च विराटनगर र विराटनगर प्लेटिनम राउन्ड टेबल–११ (BPRT-11) ले सहयोग गरेका छन्।
आयोजकले रक्तदानमार्फत आवश्यकतामा रहेका बिरामीलाई जीवनदान दिन सकिने भन्दै इच्छुक तथा योग्य व्यक्तिहरूलाई अभियानमा सहभागी भएर रक्तदान गर्न आग्रह गरेको छ।
